ललितपूरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौं । ललितपूरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।

ललितपुरको लुभुबाट ल्याएको जंगली च्याउ खाँदा धादिङ निलकण्ठ नगरपपालिका तारुखर्कका जनक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालीको स्वयम्भुस्थित मनमहोन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार च्याउ खाएका ५ जना बिरामी भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो। थप ४ जनाको अवस्थाबारे जानकारी नआइसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?