एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा उनको आलोचना गर्ने मानिसहरुलाई ब्लक गर्न नपाउने अदालतले आदेश दिएको छ ।
अमेरिकाको एक संघीय अदालतले ट्रम्पले संविधानको उल्लंघन गरेर ट्वीटरमा उनको आलोचना गर्ने मानिसहरुलाई ब्लक गरेको भन्दै फैसला सुनाएको थियो ।
अमेरिकी संविधान अनुसार उनले कसैलाई ब्लक गर्न नपाउने अदालतको भनाई छ। तीन जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतिले सो फैसला सुनाएको बताइएको छ।
गत वर्ष ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरे पछि दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्यूटुले ट्रम्पविरुद्ध मुद्दा दर्ता गरेको थियो।
ट्वीटरमा डोनाल्ड ट्रम्पको ६१ दशमलव ८ मिलियन फलोअर्स रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया