‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर बने गायक प्रकाश सपूत

काठमाडौं । गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् ।

बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार एक कार्यक्रमका बिच प्रकाशलाई एम्बेस्डरको घोषणा गरेको हो ।

photo: google

एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए ।

डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरेका हुन् । कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन् ।

उनको यस गीत केहिसमय बिवादमा पनि रह्यो । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् । यी गीत युट्युवमा करोड बढी भ्युज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?