काठमाडौँ। मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
“काठमाडौँ उपत्यकामा पूर्ण बदली छ,” उनले भनिन्, “अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको छ । ” उनका अनुसार गएको २४ घण्टामा सबैभन्दा धेरै बुटवल भैरहवा क्षेत्रमा ६२ मिलिलिटर पानी परेको छ । त्यसपछि विराटनगर क्षेत्रमा ४२ मिलिलिटर, सिमरामा ३४ मिलिलिटर, दाङमा २१, नेपालगञ्जमा १७, काठमाडौँ उपत्यकामा १५, पोखरामा र ताप्लेजुङमा १३÷१३ मिलिलिटर पानी परेको छ । “मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको हो,” बासीले थप्नुभयो, “यसले बङ्गालको खाडीको बाष्पीय हावा तानिरहेको छ । ”
बाढी पूर्वानुमान महाशाखाले बढ्दो वर्षात्का कारण नदीको बहाव बढ्नाले तराईका केही क्षेत्रमा आकस्मिक बाढी आउने र डुबान हुनसक्ने जनाएको छ । महाशाखामा जलविज्ञ विनोद पराजुली र सुनिल पोखरेलसहित प्रभाकर यादव, सञ्जीव कर्माचार्य, दुर्गा घिमिरे लगायतका कर्मचारी निरन्तर नदीको सतह घटबढको अवलोकनमा जुटेका छन् । भर्खरै बबरमहल सरेको महाशाखाको व्यवस्थापन भने लथालिङ्ग छ तर पनि बाढीको पूर्वसूचनालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिइएको छ । गाेरखापत्रमा याे खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया