प्रेमीकाले गरीन् श्रीमान्सँग मिलेर प्रेमीको हत्या !

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका-६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

यही असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलमा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए । प्रहरीले कल्पनाका श्रीमान्लाई समेत पक्राउ गरेको छ ।

मृतक गुल्मी जिल्ला घर भई यस क्षेत्रमा मजदूरीको काम गर्दै आएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?