औँलाको औँठीले शबको पहिचान, २२ दिनपछि भेटियो उपाध्यक्षको शव

appharu
0
Shares
Symbolic picture : google

काठमाडौं । २२ दिनअघि कर्णालीमा भएको जिप दुर्घटनामा कर्णालीमा बेपत्ता भएका ९ मध्ये खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको शव फेला परेको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएकी उपाध्यक्षको शव कर्णाली नदीको किनारमा भेटिएको हो । स्थानीयले नदीमा तैरिराखेको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार श्रीमानले औँठीका आधारमा उनको पहिचान गरेका हुन् । अन्य दश जना अझै बेपत्ता छन् ।

आफन्तले उपाध्यक्ष शाहीको शव गाडेका छन् । हिन्दु परम्परा अनुसार घर परिवारले कुशको शव बनाएर अन्तिम संस्कार असार ६ गते नै गरिसकेका थिए ।

असार ३ गते खार्पुनाथ गाउँपालिकाको कच्ची सडकबाट जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?