काठमाडौं । लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखानलाई अर्घाखाँचीमा एउटा दम्पतीले सत्य सावित गरेका छन् ।
सम्बन्धविच्छेद गरेको १७ दिनपछि उनीहरुले अर्घाखाँची जिल्ला अदालत पुगेर फेरि कोर्ट म्यारिज गरेका छन् ।
असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका दम्पतीले आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि उनीहरुलाई अदालतले पुनर्मिलन गराएको हो ।
पौडेल दम्पतीका ६ वर्षीय छोरा छन् । दुवैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अलग्गिन नहुने भन्दै सम्झाएपछि विचार फेरिएको लिलामनीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया