निर्मला बलात्कारपछि हत्याप्रकरण: उपलब्धी शून्य आमालाई नगरपालिकामा जागिर

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमालाई भीमदत्त नगरपालिकाले जागिर प्रदान गरेको छ ।

जीवन निर्वाह गर्न मुस्किल भएपछि आमा दुर्गादेवी पन्तलाई जिविकोपार्जनका लागि भीमदत्त नरपालिकाले जागिर दिएको हो ।

सरकारले तोकेको दैनिक ज्यालादारीमा दुर्गादेवीलाई राखिएको भीमदत्त नगरपालिकाका प्रमुख मेयर सुरेन्द्र विष्टले जानकारी दिए ।

निर्मलाको न्यायको निम्ति भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका शनि खुनाकी आमालाई पनि नगरपालिकाले दुर्गादेवीलाई जस्तै सहयोग गरेको मेयर बिष्टले बताए ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । एक वर्ष बित्नै लाग्दा पनि हत्यारा अझै पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?