काठमाडौं । सिन्धुलीमा जंगलमा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ। अन्दाजी ४० वर्षको पुरुषको शव कमलामाई नगरपालिका ४ कात्तिके जंगलमा चिलाउनेको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा चार पाँचदिन पहिला नै झुण्डिएर मृत्यु भएको देखिएको छ । शव कुहिएको अवस्थामा भएका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
स्थानीयले घाँस काट्न जाँदा शव देखिपछि प्रहरीलाई खबर गरेका थिए। शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया