पाँचथर — मिक्लाजुङ गाउँपालिका, रविका मोतीराज फागो राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय आए । फाराम भर्दाको प्रतिलिपि लिएर उनी राष्ट्रिय परिचयपत्र फाँट पुगे । कर्मचारीले परिचयपत्र खोजेर निकाले तर नाम र गाउँपालिका फरक देखियो । कर्मचारीले बाबुको नाम, थरबाट मात्र उनको परिचयपत्र ठम्याउन सके ।
हिलिहाङ गाउँपालिकाका मनोज अधिकारी त्यसै बेला आफ्नो परिचयपत्रमा त्रुटि रहेको भन्दै आइपुगे । बाबुको नाममा त्रुटि भएकाले सच्याइदिन अनुरोध गरे । उनलाई कर्मचारीले फाराम भर्न लगाएर एक महिनापछि आउन भने । फागोलाई पनि एक महिनापछि आउन भनिएको छ ।
आफूहरूले सही विवरण दिए पनि यसरी त्रुटि हुँदा अनाहकमा दुःख पाएको उनीहरूको गुनासो छ । देशमै पहिलो पटक पाँचथर र सिंहदरबारका केही कर्मचारीलाई वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्र अहिले अन्यत्र पनि बाँड्न थालिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया