आज देशका अधिकांस स्थानमा भारी वर्षा हुने, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार मध्य र पूर्वका केही ठाउँमा भारी वर्षा हुने भन्दै सतर्क रहन महाशाखाले आग्रह समेत गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताउनुभयो ।

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast):

असार २७ गते (शुक्रबार)

दिउसो: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असार २८ गते (शनिबार)

दिउसो: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असार २९ गते (आईतबार)

दिउसो: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।

राति: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall) हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?