विमानस्थल बन्द भएसंगै विभिन्न गन्तव्यबाट आएका विमान आकाशमै फनफनी

काठमाडौं । यती एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान आकाशमै होल्डमा परेका छन् ।
विमानस्थल बन्दपछि विभिन्न गन्तव्यबाट आएका विमान नेपाली आकासमै होल्ड भएका छन् ।

फ्लाइट राडारको कभरेजले देखाए अनुसार कोलकत्ताबाट आएको बुद्धको जहाज अवतरणको लाइनमा थियो । तर विमानस्थलमा यतीको विमान चिप्लिएपछि यो विमान अहिले ठाउँ नपाएर आकासमा फन्को मारिरहेको छ ।

त्यसैगरी, बैंककबाट आएको थाई एयर, ढाकाबाट आएको विमान बंगलदेशको विमान पनि काठमाडौं आउने क्रममा होल्डमा परेका छन् । दोहाबाट आएको कतार एयरलाइन्सको जहाजले पनि अहिले आकासमा फन्को मारिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?