काठमाडौं । महिला र पुरुषका बीचमा धेरै भिन्न स्वभाव र गुणहरु हुन्छन् । जुन एकअर्कासंग मिल्दैन ।
आउनुहोस् हामीले यहाँ महिला-पुरुषका बिषयमा ध्यान दिनुपर्ने केही रोचक तथ्यहरु यहाँ प्रस्तुत गरेका छौं:-
१. पुरुषको औसत आयु महिलाहरुको भन्दा कम हुन्छ । पुरुषको औसत आयु ६४.५२ वर्ष हुन्छ भने महिलाहरुको औसत आयु ६८.७६ वर्ष हुन्छ ।
२. पुरुषको मष्तिस्कको आकार महिलाहरुको भन्दा ठूलो हुन्छ । महिलाहरुको भन्दा पुरुषको मस्तिस्कको आकार १० प्रतिशतले ठूलो हुन्छ तर, यसको प्रयोग पुरुषहरुले कति गर्छन् भन्नेकुरा व्यक्तिपिच्छे फरक फरक हुन सक्छ ।
३. हालसालै गरिएको एक अध्ययन अनुसार कुनै पनि काम गर्नको लागि पुरुषले आफ्नो मष्तिस्कको आधा भाग मात्रै प्रयोग गर्छन् तर, महिलाहरुले भने एकैपटक पुरा मस्तिस्कको प्रयोग गर्छन् । महिलाहरु एकैसाथ कैयौं काम गर्नमा माहिर हुन्छन् ।
४. सामान्य रुपमा पुरुषहरुलाई घरमा बसेर ड्रिंक गर्नभन्दा बाहिर कतै घुमफिरको लागि जान मन पर्छ ।
५. पुरुषहरुले आफ्नो कुल उमेरको ६ महिना समय त दारी काट्ने काममा मात्रै बिताउँछन् ।
६. महिलाहरुले पुरुषहरुले भन्दा धेरै बोल्छन् भन्ने कुरा त सबैलाई थाहै होला । एक अध्ययनका अनुसार एक महिलाले दिनभरमा करीब ७ हजार शब्द बोल्छन् भने पुरुषले जम्मा २ हजार शब्दमात्रै बोल्छन् ।
७. परस्त्रीहरुलाई एक टकले हेर्नमा मात्रै एक पुरुषले आफ्नो जीवनको एक वर्ष बर्बाद गरिदिन्छन् ।
८. पुरुषले महिलाहरुले भन्दा धेरै झुटो बोल्छन् । एक महिलाले दिनभरमा औसत ३ झुट बोल्छन् भने एक पुरुषले दिनभरमा औसत ६ झुट बोल्छन् ।
९ ब्रेकअपपछि पुरुष धेरै दिनसम्म डिप्रेसन र तनावमा रहन्छन् तर, महिलाहरु सम्बन्धमा दरार आएपछि छिटै त्यसलाई बिर्सेर अगाडि बढ्छन् ।
१०. धेरैजसो पुरुषहरु चिकित्सककोमा चेकअप गर्न जानबाट डराउँछन किनभने चिकित्सककोमा जानाले उनीहरुलाई ठूलो रोग लाग्छ कि भन्ने चिन्ता हुन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया