पुथ्वी लोकममार्ग अवरुद्ध

काठमाडौं । निरन्तर परेको वर्षाका कारण धादिङमा पुथ्वी लोकममार्ग अवरुद्ध भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोड स्थित राजमार्गमा शुक्रबार दिउँसो माटो, ढुंगा खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सडकमा खसेको लेदो हटाउन स्थानीय र प्रहरी खटिएका छन् । सडक दुईतर्फी रुपमै सञ्चालनमा ल्याउन डोजरले काम गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?