काठमाडौं । कुखुराको भाले बास्नु प्राकृतिक कुरा हो । फ्रान्समा एक महिलाले कुखुरामाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
उक्त भाले कुखुराको नाम मोरिस हो । हरेक बिहान सबेरै उक्त भाले कुखुरा जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै छरछिमेकका मानिसहरूको निद्रा बिथोलिएको आरोपमा मुद्दा दिइएको छ ।
फ्रान्सको इस्ले अफ अल्रनस्थित सेन्ट पियरे द अलरन गाउँमा स्थानीय करिन फेस्सयू नामकी महिलाले घरमा पालेको उक्त कुखुरामाथि छिमेकीले मुद्दा हालेका हुन् ।
सन् २०१७ को अप्रिल महिनामा पहिलोपटक ती महिलाका छिमेकीहरुले कुखुरा कराएको भन्दै गुनासो गरेका थिए । छिमेकीहरुले कुखुरा बासेर आफूहरुलाई डिस्टर्ब भएको भन्दै कुखुरालाई चुप राख्न भनेका थिए ।
आगामी सेप्टेम्बर ५ तारेखमा उक्त मुद्दामा सुनुवाइ रहेको र सोही दिन फैसला आउने अपेक्षा गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया