काठमाडौंमै पहिरो: पुरिएर ३ जनाको मृत्यु

काठमाडाैं । निरन्तर भएको वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ ।

मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

पुरिएको शवलाई स्काभेटरको सहयोगमा निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् ।

वर्षाका कारण काठमाडौंसहित मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?