कहिलेसम्म पर्छ झरी ? महाशाखाको यस्तो आग्रह

काठमाडौं । हिजो रातीदेखि देशभर मौसममा वदलि भई निरन्तर भइरहेको छ । हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू- भागमा अवस्थित छ ।

यसको साथै मध्य र पूर्वी भू-भागमा न्यून चापिय क्षेत्र समेत रहेको छ, जसका कारण आगामि २-३ दिन सम्म मनसुन अति सक्रिय भइरहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार पनि देशभर वर्षा भारी वर्ष हुनेछ । सो क्रम आइतबारसम्म पनि चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?