नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

appharu
0
Shares


काठमाडौँ महानगरपालिकाको सहयोगमा दुई दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ ।

जागरुक महिला समूहद्वारा आयोजना गरिएको सो तालिममा सहभागी र समुहका पदाधिकारीसहित २० जना महिलाहरु सहभागी भएका छन् ।

२ दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै वडा नम्बर ३१ का वडाअध्यक्ष नारायण भण्डारीले महिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि उनिहरुलाई बोल्न सक्ने क्षमता तथा समुह सञ्चालनको लागि नेतृत्व गर्ने क्षमता आवश्यक भएकोले यो तालिम आयोजना भएकोमा खुसी लागेको बताए ।

कार्यक्रममा समाजसेवी तथा कांग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नी सृजना श्रेष्ठले महिलाहरुमा आएको जागरणले आफूलाई खुसी लागेको बताउँदै अझ आवश्यक कामहरु गर्न कटिबद्ध हुनुपर्ने धारणा राखिन् ।

तालिम आयोजनाबाट समुहका महिलाहरुको आत्मविश्वास बढ्ने तथा समुहको नेतृत्व लिन सक्ने क्षमता बढ्ने समुहकी अध्यक्ष टिकामाया पाठकको भनाई छ ।

आफूहरुको दैनीक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागि पनि वाककला आवश्यक भएकोले यस्तो तालिम आयोजना हुनु र सहभागी हुन पाएकोमा प्रशिक्षार्थीले खुसी तथा धन्यवाद व्यक्त गरे ।

काठमाडौँको पूरानोबानेश्वरस्थित भिमसेनगोलामा सञ्चालित तालिम भोलीसम्म चल्ने संस्थाकी सल्लाहकार कल्पना खनालले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?