नयाँ बसपार्कका इन्सपेक्टर केसीको बिदाइमा १४ किलोको माला

appharu
105
Shares

काठमाडौं– महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख इन्सपेक्टर मोहन विक्रम केसीको शुक्रबार बिदाइ गरिएको छ । हालै सामाखुसीस्थित पहरागणमा काज सरुवा भएका केसीलाई बानियाटार युवा क्लबले एक कार्यक्रमका बीच बिदाइ गरेको हो ।

क्लबले नयाँ बसपार्कमा केसी आएयता  शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई १४ किलोको माला लगाएर सम्मान गरी बिदाइ गरेको हो ।
क्लबका अध्यक्ष प्रवीण बानियाँले केसीको कार्यकालमा नयाँ बसपार्क प्रभागको कार्यक्षेत्रमा शान्ति सुरक्षा चुस्त रहेको बताए ।

केसी २०७५ जेठ ६ गते नयाँ बसपार्क प्रमुखको रुपमा आएका थिए । उत्कृष्ट कार्यसम्पादन गरेकै कारण उनी करीब १३ महिनामा प्रभाव प्रमुखको रुपमा रहेको बताइएको छ । यसअघि बसपार्कमा आउने प्रमुखहरु त्यति लामो समयसम्म रहने गरेका थिएनन् ।

नयाँ बसपार्कको कार्यक्षेत्रभित्र अनेकन विकृतिहरु समेत रहेको अवस्थामा केसीकै सक्रियतामा त्यसको निमूर्लको प्रयास थालिएको थियो भने त्यसमा धेरै हदसम्म सफलता समेत मिलेको थियो ।

गुण्डागर्दी, झैझगडा, लागूपदार्थ कारोबार, यौनजन्य गतिविधिलगायतका आपराधिक गतिविधि न्यूनीकरण गर्न केसीले सकारात्मक भूमिका खेलेका थिए ।

यसैबीच महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल आएका छन् । सो क्रममा क्लबले दाहाललाई पनि स्वागत गर्दै कार्यकालको शुभकामना दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?