भारतीय मिस टिन २०१९ को उपाधि नेपाली चेली निकिता लाई

appharu
0
Shares

एजेन्सी । भारतीय सौन्दर्य प्रतियोगिता मिस टिन २०१९ को उपाधि नेपाली चेली निकिता थापामगरले प्राप्त गरेकी छिन् ।

भारतका ३० वटा प्रान्तबाट सहभागी सबैलाई पछि पार्दै मगरले उपाधि चुमेकी हुन् । १७ वर्षीया निकिता झापा मेचीनगर नगरपालिका ५ नकलबन्दाकी हुन् । प्रतियोगितामा निकिताले भारतको सिलिगुडीबाट अडिसन दिएकी थिइन् । कक्षा १२ को परीक्षा दिएर बसेकी निकिता काँकडभिट्टा क्याम्पसमा पढ्दै छन् ।

निकिताले मिस टीन भारतको उपाधिसँगै १ लाख भारु नगद जितेकी छन् । उपाधि सँगै उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट फिल्ममा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?