काठमाडौं । पशुपतिनाथ मन्दिरभित्र सिरिन्ज आक्रमण भएको भन्दै एक महिलाले भनेपछि मन्दिरको सबै ढोका बन्द गरिएको छ |
प्रहरीका अनुसार पशुपतिनाथ मन्दिरको सबै ढोका बन्द गरेर संकास्पद व्यक्तिको खोजी जारी राखेको छ । सिरिन्ज आक्रमण भएको भनिएको महिलालाई शुक्रराज ट्रपिकल अस्पताल टेकु पु-याइएको प्रहरीले जनाएको छ । प्रहरीले भने सिरिन्ज आक्रामण हल्ला मात्रै भएको जनाएको छ ।
गतसाता वनेपामा एक युवतिले आफुलाई सिरिञ्ज आक्रमण भएको भन्दै एक पुरुषलाई पक्राउ गराएकी थिइन् । पछि पुरुष निर्दोश सावित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया