हेटौडा- अविरल बर्षको कारण बाढी पहिरो लगायत प्राकृतिक प्रकोपको कारण ज्यान गुमाउनेलाइ प्रदेश ३ सरकारले प्रति परिवार १ लाख रुपैया दिने भएको छ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको विपद व्यवस्थापन निर्देशक समितिको बैठकले साे निर्णय गरेको हो।
यसको साथै बाढी र पहिरोबाट घाइतेहरुको प्रदेश सरकार अन्तर्गत ८ वटा अस्पतालहरुबाट निशुल्क उपचार र अन्य अस्पतालहरुमा उपचार गराएमा जनही बिल अनुसार २५ हजार सम्म राहत दिने निर्णय भएको मुख्यमन्त्री पौडेलले बताए। आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले बाढी पहिरोको कारण पिडामा परेकालाइ राहत उपलब्ध गराउने उदेश्यले राहतको घोषणा गरिएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया