काठमाडौं– राजधानीको पशुपति मन्दिर दर्शनका लागि पुगेकी एक वृद्धाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएपछि शनिबार त्यहाँ केहीबरे तनाव भएको छ ।
मन्दिर प्रवेशका लागि लाइन बस्ने क्रममा एकाएक एक वृद्धा आफूमाथि तिखो बस्तुले घोचेको भन्दै चिच्याइन् । लगत्तै पशुपतिनाथ मन्दिरको सबै ढोका बन्द गरेर प्रहरीले शंकास्पद व्यक्तिको खोजी गर्यो ।
ती वृद्धाको हातमा सानो घाउ देखिएको भन्दै परीक्षणका लागि टेकु पुर्याइयो । तर सरुवा रोग अस्पताल टेकुले सिरिन्ज आक्रमण नभएको पुष्टि गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया