विपद् अपडेटः ज्यान गुमाउनेको संख्या ४८ पुग्यो (हेर्नुहोस् विवरणसहित)

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ, भने ३५ जना वेपत्ता छन् ।

प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको छ ।

प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक-एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको तथ्यांक छ ।

आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।

बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?