काठमाडौं । आज देशभर सामान्यदेखि पुर्ण बदलि रही धेरै स्थानहरूमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने महाशाखाले जनाएको छ ।
देशभर समग्र मौसमको अवस्था:-
हाल देशका पुर्वि र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा (Monsoon Rainfall) जारी रहेको छ।
आगामि तीन दिनको मौसम पूर्वानुमान:-
असार २९ गते (आईतबार)
दिउँसो: देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
असार ३० गते (सोमबार)
दिउँसो: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
असार ३१ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू-भागको एक – दुई स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। । यसको कारणले गर्दा पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानिको वहाव रहि रहन्छ। अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया