प्राकृतिक प्रकोप: पूर्वराजाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । मौसमी बर्षासंगै राजधानी लगायत देशका विभिन्न भूभागमा आएको बाढी पहिरोले जन धनको क्षति भएकोप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् ।

उनले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको घडीमा तेरो र मेरो भन्ने संकिर्ण सोचबाट माथी उठेर सबैजना हितकारी काममा लाग्न पनि आग्रह गरेका छन् ।

उनले मृतकप्रति समवेदना प्रकट गर्दै विपद व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता समेत औल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?