बाढी-पहिरोबाट ज्यान गुमाउनको संख्या ५० पुग्यो, ३३ जना बेपत्ता

काठमाडौं । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा ५० जनाको ज्यान गएको छ ।

आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १ सय ४ जनाको उद्धार गरिएको छ ।

बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?