कुलेखानीको बाँध खोलिँदै, सतर्क रहन गृह मन्त्रालयको अनुरोध

appharu
0
Shares

मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको ताल भरिएको छ ।

अविरल वर्षाका कारण ईन्द्र सरोवर तालमा २५. ४ मिटर पानी भरिएपछि बाँध खोलेर पानीको निकासा दिन लागिएको हो ।

केही घण्टापछि बाँध खोलिने भएकाले अहिले आवश्यक तयारी भइरहेको छ । बाँधबाट निकासा हुने पानीमा बहाव हुने हुनाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ । अनुरोध सहितको पोष्टमा भनिएको छ, ”कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५।४र३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको छ । केही घण्टा पछि खोल्न शुरु हुन्छ । तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?