काठमाडौं । आज देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।
मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर सक्रिय अवस्थामा रहेको महाशाखाले छ ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पूर्णतया वदली रहेको छ भने पश्चिमी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भू-भागका केहि स्थानहरु तथा पूर्वी भू-भागका धेरै स्थानहरुमा मनसूनी वर्ष भैरहेको छ ।
आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
असार ३० गते (सोमबार)
राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
असार ३१ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावन १ गते (बुधबार)
दिउँसो: देशभर सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।
राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया