पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु

appharu
0
Shares
तस्वीर: गुगल


काठमाडौं । लगातार परेको पानीसँगै आएको पहिराले आइतबार राति इन्द्रसरोवर–१ मा रहेको घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो ।

पहिरामा पुरिएर मृत्यु हुनेमा मार्खुकी उमेर नखुलेकी कान्छीमाया बलामी र उनकी १८ वर्षीय छोरी बबिता बलामी रहेका छन् । पहिरामा मृतक कान्छीमाया बलामीकी ३८ वर्षीय बुहारी बेली बलामी घाइते भएको जनाइएको छ ।

पहिरामा घर पुरिएपछि बेपत्ता भएका दुई जनाको केहीबेरअघि मात्र शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले पहिराले पुरिएको अवस्थामा दुवै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

गएराति नै पहिराले घर पुरे पनि स्थानीय बासिन्दाले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घर नदेखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि पहिरामा पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

यो घटनासँगै मकवानपुरमा बाढीपहिरामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?