दाङमा कुलोमा डुबेर एक बालकको मृत्यु

काठमाडौं । दाङमा कुलोमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–६ अगरा बस्ने हर्कबहादुर खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्री कुलोमा डुबेर मृत्यु भएको हो ।

घर नजीकैको कुलोमा गएराति ९ बजे डुबेका बालकको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

उनको शव सोही अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?