भत्ता बुझ्न गएका भुपाल बबईसंगै बगे !

काठमाडौं । बबई नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बबई गाउँपालिका–१ का वडा सदस्य पूर्णकली विकका बुबा ६० वर्षीय भुपाल कामी रहेका छन् ।

गङ्गटेस्थित वडा कार्यालयबाट भत्ता बुझेर घर फर्कने क्रममा बबई नदी तर्दै गर्दा उनलाई गत असार २७ गते करीब ५ः३० बजे नदीले बगाएको थियो । बेपत्ता भएका कामीको अवस्था अझै अज्ञात रहेको वडासदस्य विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?