बाढीको कहर: वाहवाहि कमाउने सरकारको एउटा काम, जनताले भने धन्यवाद !

काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा बाढीले पुल बगाएको भब्सी नदीमा १२ घण्टा नपुग्दै पुल निमार्ण गरेको छ।

बाढीले पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेको थियो । राजमार्ग अवरुद्द भए लगत्तै डिभिजन सडक कार्यालय जनकपुरले तत्कालै बेली ब्रिज जडान गरि संचालनमा ल्याएको हो ।

सामान्य अबस्थामा बेलीब्रिज नै जडान गर्नपनि केही हप्ता लगाउने सरकारी संरचनाले यहाँ भने काम गरेर देखाएका छन् ।

जाममा परेका हज्जारौ सवारी चल्न थालेका छन् । अहिले बढी भार क्षमता भएको गाडीलाई रोक्दै आवतजावत अघि बढाउनेगरी मिलाइएको छ। भारी क्षमताको गाडी आवतजावत गर्न नदिन भब्सी नदीको दुवैतिर सुरक्षाकर्मी परिचालित छन्।

शनिबार बिहान पुल बाढीले बगाएका कारण दिनभर हजारौँ सवारी साधन अलपत्र थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?