यस्तो छ ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’

काठमाडौं, १५ पुस । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ । मह जोडीको प्रस्तुतिमा बनेको चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक गरिएको हो निर्माण युनिटले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको गीतमा हरिवंश आचार्य, दीपकराज गिरि, पल शाह, दिपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा माथी छायाँकन गरिएको छ लोकराज अधिकारीको शब्द र टंक बुढाथोकिले संगीत रहेको गीतमा टंक र मिना निरौलाको स्वर रहेको छ जोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भुमिका रहेको छ । कमेडी विषयमा निर्माण भएको चलचित्र ९ चैत्रबाट प्रदर्शनमा आउँदैछ https://youtu.be/i7OcBvfB4lM  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?