कमाउने लोभमा देहव्यापार: सात जना पक्राउ

काठमाडौं । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

होटलमा देहव्यापार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । शनिबार राति उनीहरुलाई पक्राउ गरिएकामा प्रहरीले आज मात्र उक्त घटना सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?