आज गुरुपूर्णिमा, गुरूप्रति सम्मान प्रकट गरी मनाइँदै

appharu
0
Shares


आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने तथा अन्धकारबाट पार लगाउने गुरुलाई सम्मान व्यक्र गरी गुरुपूर्णिमा मनाइदैछ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।

तसर्थ त्यस्तो अन्धकाररुपी संसारबाट ज्ञानरुपी प्रकाशले नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

त्यसैले माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।

गुरुपूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो ।

पूर्णिमा व्रत पनि यस वर्ष मङ्गलबार नै परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?