काठमाडौं । हाल देशका सबै जसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलिको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य भू-भागका र पूर्वी भू-भागका केहि स्थानहरुमा मनसूनी वर्षा भईरहेको छ ।
मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागमा भन्दा केहि तल अवस्थित रहेकोले मनसुनि गतिविधि देशभर कम सक्रिय रहेको महाशाखाले जनाएको छ ।
आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
असार ३१ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वि तथा पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावन १ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावन २ गते (बिहिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रही तराई भु-भागका केहि स्थानहरूमा तथा पहाडि भु-भागका थोरै स्थानहरुमा वर्षा हुने सम्भावना छ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको पहाडि तथा तराईका १-२ स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ।
साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया