अफगानिस्तानमा झडप: पाँच सैनिक सहित एघार लडाकू मारिए

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सेनाको जाँचचौकीमा गएको राती रातभरी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको एक झडपमा परी पाँच सैनिक र ११ लडाकूको मारिएका छन् ।

पासतुन कोट जिल्लाको नजिर अबाद इलाकामा रहेको जाँचचौकीमा सशस्त्र लडाकू समूहले गरेको आक्रमणपछि सेनाले कारबाही शुरु गरेका सेनाका प्रवक्ता हानिफ रजाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस झडपमा परी चार सैनिक र सात लडाकू घाइते भएका पनि रेजाईले थप जानकारी दिएका छन् । आफगानिसतानको राजधानी काबुलबाट करिब ४ सय २५ किलोमिटर उत्तरपश्चिमा रहेको यस प्रान्तमा लामो समययता सरकारी सुरक्षाबल र तालिबान लडाकूबीच झडप जारी रहेको छ ।

युद्ध आक्रान्त यस देशमा रहेका ३४ ओटा प्रान्तमा २० भन्दा बढीमा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच झडप जारी रहेको छ ।

गत अप्रिल तालिबान लडाकू समूहले सरकारसँग भीषण विद्रोहको घोषणा गरेयता सो प्रान्तहरुमा झडप जारी रहेको छ । तालिबान लडाकू समूह हरेक वर्ष यसप्रकार भीषण आक्रमणको घोषणा गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?