काठमाडौं । रिँगटा लाग्दा हामी साधारण रोग हो भन्ने सोच्छौं । रिंगटा कमजोरीले गर्दा लागेको हो भन्ने सम्झन्छौं । तर रिंगटा लग्नु कमजोरी मात्र नभई कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ ।
रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्यधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउकोको चोटलगायतका कारणले रिँगटा लाग्छ।
रिंगटा लाग्नुको अरुपनि धेरै कारण छन्, जसलाई बुदाँमा प्रस्तुत गरिएको छ ।
- आँखाको कमजोरी
- मस्तिष्कमा रगतको कमी
- नशा फाट्ने,
- ब्रेन ह्यामरेज
- ब्रेन ट्युमर
- खानेकुरा तथा औषधिको एलर्जी
- माइग्रेन
- ब्रत बसेर शरीर कमजोर भएमा
- अत्याधिक अल्कोहल सेवन गर्नाले
- मुटुको धड्कन असामान्य
टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कान बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् ।
के खाने ?
– समयमै खाना खाने ।
– एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने ।
– गर्मी भएमा अमलाको सर्वत पिउने ।
– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिँधेर बिहानबेलुका खाने ।
के नखाने ?
– रक्सी, खैनी, नशालु पदार्थ नखाने ।
– एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने ।
– अत्याधिक खाना नखाने ।
के गर्ने ?
– रिँगटा लाग्ने बित्तिकै बस्ने ।
– सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।
– निद्रा लाग्यो भने पर्याप्त सुत्ने ।
– नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने ।
– मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने ।
– टाउकोमा बदामको तेलले मालिस गर्ने ।
– आँखा कमजोर भए उचित चस्मा लगाउने ।
– फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने ।
के नगर्ने ?
– एक्लै घुम्न नजाने ।
– अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने ।
– चिया, चुरोट र बिंडी नखाने ।
– साइकल, स्कुटर, कार नचलाउने ।
– बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने ।
– कठिन शारीरिक या मानसिक परिश्रम नगर्ने ।
– आगो या पोखरीबाट टाढै रहने ।
– खोला नतर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया