सडक बनाइदिनुस् भन्दा वडाध्यक्षले जनता कुटे !

काठमाडौं । जनकपुरमा स्थानीय जनप्रतिनिधि कै उपस्थितिमा युवाहरुमाथि कुटपिट भएको छ ।

बाढी, पहिरो र डुवानबाट क्षति पुगेको सडक बनाइदिन माग गर्दै नारा जुलुसहित जनकपुर उपमहानगरपालिका १७ मा पुगेका स्थानीय युवाहरुलाई वडा अध्यक्ष परमेश्वर यादव र उनका सहयोगीले कुटपिट गरेका हुन् ।

कुटपिटबाट स्थानीय युवाहरु घाइते भएका छन् ।

बाढीले क्षति पुगेको गाउँको सडक मर्मत गर्न र बाटो सूचारु गराउन युवाहरु वडा कार्यालयमा पुग्दा वडा अध्यक्ष यादव र प्रदेशसभा सदस्य राम अशिष यादवको उपस्थितमै युवाहरुमाथि आक्रमण भएको घाइते युवाहरुले आरोप लगाएका छन् । वडा अध्यक्ष यादव फोरमबाट निर्वाचित हुन् ।

कुटपिटबाट घाइते भएका दुई युवाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?