आनी छोइङ डोल्माबारे यस्तो समाचार, १६ करोड ५० लाख माथि यसरी हुँदैछ अनुसन्धान

appharu
0
Shares


काठमाडौं बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका आनी छोइङ डोल्माले पावर लगाएर लुकाउन खोजेको १६ करोड ५० लाख रुपैयामाथि अन्तर देशीय अनुसन्धान हुने भएको छ।

बैंकिङ प्रणालीबाट भित्रिएको ठूलो परिमाणको रकमको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण विभागले अन्तर देशीय क्रस बोर्डर अनुसन्धान अगाडि बढाउने भएको हो।

स्रोत नखुलेका कारण मेगा बैंकले आनी छोइङ डोल्माको पैसा रोक्का राखिरहेको छ। कालोधनको अनुसन्धान गर्ने निकाय सम्पति शुद्धिकरण विभागले हङकङका सरकारी अधिकारीहरुको सहयोग लिएर अनुसन्धान गर्ने तयारी गरेको हो।

हङकङको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ मा कार्यरत एक ब्यक्तिबाट १५ लाख डलर ९विनिमय दर ११० रुपैयाँका हिसाबले १६ करोड ५० लाख रुपैयाँ० नेपाल ल्याएकी थिइन्। बैंकमा आनीका नाममा एकै पटक ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगाले राष्ट्र बैंकमा रहेको ुवित्तीय जानकारी इकाइु लाई खबर गरेको थियो। आनीले गलत ढंगबाट पैसा ल्याएको देखिएको भन्दै अनुसन्धानमा तानिएकी थिईन् ।


पैसा रोकिएपछि आनीले प्रधानमन्त्री केपी ओलीको ुतुइन विस्थापन कार्यक्रमुलाई एक करोड रुपैयाँ दिने घोषणा गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?