काठमाडौं । हाल देशको पूर्वी भेगमा सामान्य बदलि रहेको छ, भने मध्य र पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पूर्वी भेगका थोरै स्थानहरुमा वर्षा भईरहेको छ ।
मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको छ, जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको महाशाखाको ठम्याई छ ।
आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण १ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राति: देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण २ गते (बिहिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ३ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको एक दूइ स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ र केहि स्थानहरुमा वर्षा हुने देखिन्छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने केहि नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया