काठमाडौं । रुपन्देहीमा बुटवल-बेलहिया सडक खण्डको बीच भागमा राखिएको बुद्धको मूर्ति तोडफोड भएको छ ।
६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएको पाँच वटा बुद्धको मूर्ति तोडफोड भएको हो ।
बुधबार साँझसम्म ठीकठाक अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म खुलेको छैन ।
प्रदेश सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा यो घटनाले नकारात्मक प्रभाव पार्न सक्ने लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताए ।
घटनास्थल पुगेर प्रहरी टोलीले अध्ययन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया