एजेन्सी । कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।
पुजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ ।
भगवान वराहले वराह पुराणमा पुजाको समयमा निषेश गरिएका कामका बारेमा बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।
१) गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।
२) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन् ।
३) शवको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् ।
४) संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ ।
५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।
६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ ।
७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।
८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया