काठमाडौं– विप्लव समूहले कैलाली बम विस्फोटको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ।
नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे ।
उनले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’
सञ्चारमाध्यममा घटनामा विप्लव समूहको हात रहेको आशंकासहितको समाचार आएको अवस्थामा विप्लव समूहले यस्तो दाबी गरेको हो ।
धनगढीमा बिहीबार बेलुका बम बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया