काठमाडौँ। नेपालको तराई भेगमा बाढी, डुबान र पहाडमा पहिरोले यतिबेला जनजीवन अस्तव्यस्त छ । मानिससँगै तराईमा यतिबेला विषालु सर्प पनि ज्यान जोगाउन ओभानो ठाउँ खोजिरहेका सप्तरी तिलाठीका रामनारायण देव बताउँछन् ।
सर्पले मानिसलाई डस्ने क्रम तराईको डुबानग्रस्त क्षेत्रमा बढेको छ । सर्पको आहारा मानिस होइन तर सर्पका आहरा र बासस्थान मानिसको बासस्थान वरपर नै हुन्छ । यसले मानिसको बस्तीमा सर्पको पहुँच हुन्छ । विपद्का बेला अत्तालिएको सर्पले आफ्नो ज्यान जोगाउन मानिसलाई डस्ने क्रम बढी हुने भएकाले सचेत भएर जोगिनुपर्ने विज्ञहरूको सुझाव छ ।
आजको गोरखापत्र दैनिक मा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया