कैलाली विस्फोट कसले गरायो ?विप्लव समूह भन्छ, ‘हाम्रो संलग्नता छैन’

प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले घटनामा विप्लव समूहको संलग्नता भनेको थियो ।

appharu
0
Shares

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलाली विस्फोटको घटनामा कुनै पनि संलग्नता नरहेको बताएको छ। धनगढी उपमहानगरपालिका- ४ स्थित शहीद गेटस्थित नीलम होटलमा साउन २ गते बिहीबार साँझ पौने सात बजेको समयमा विष्फोट हुँदा ५ जना घाइते भएका थिए । ति मध्ये १ जनाको गएराति सवा ११ बजे अस्पतालमै मृत्यु भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै घटनामा विप्लव समूहको संलग्नता भनेको थियो ।

तर हरेक विस्फोटमा पार्टीलाई जोड्नु बदनाम गर्ने सरकारी नीतिमात्र रहेको कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताएका छन् ।


मल्लले ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ। अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस्।’ तयसो भए विष्फोट कसले गर्यो ?
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?