देउवाले प्रचण्डलाई किन गरे ५ वर्ष प्रम हुने अफर ?

काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको दाबी गरेका छन् ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुन भनि आएको अफर वाम गठबन्धनलाई टुटाउनको लागि मात्रै भएको बताए ‘बाम गठबन्धनको बहुमत रहेको छ । विकास गर्ने संकल्प गरेको छ । तर, गठबन्धनलाई तोड्न थुपै प्रयास भएका छन्’, कांग्रेस र सो पार्टीका सभापति शेरबहादुर देउवा तर्फ इंगित गर्दै ओलीले भने, ‘ त्यो काम लाग्दैनन् । हामीले राष्ट्र निर्माणमा हाम्रो दायित्व, हाम्रो काँधमा अभिभारा, जनताले सुम्पेको जिम्मेवारी अगाडि र चुनौति देखेका छौं ।’शनिबार एमाले उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगाडि भने, ‘हामी बटारिएर गजबको बाटो हिँड्दैनौं, कतिपयले प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुनु भनेका छन्। उहाँलाई मायाँ गरेर यसो भनेका होइनन् । तिनीहरुले देश बनाउन खोजेका होइनन् । देश बिथोल्न खोजेका हुन् । यो बिथोल्न सम्भव छैन । हामी थुप्रै अनुभवसहित आएका छौं । जनताले हैसियत दिएका छन् ।’कसैको प्रलोभनमा कोहि पनि नपर्ने भन्दै ओलीले गलत बाटो समाउने कुरा असम्भव रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?