केही दिन नेपालमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।
मनसुनी रेखा नेपालतिर सर्दै आएकाले पून: केही दिन भारी वर्षा हुनेछ ।
आज केही स्थानमा हलुका वर्षा भएतापनि भोलीबाट व्यापक वर्षा हुने सम्भावना रहेको मौसम्विद्को भनाई छ ।
‘मनसुनी ट्रफ’ जहाँ रहन्छ त्यहाँ अविरल तथा अतिवृष्टि हुनेछ ।
केहि दिन अविरल वर्षा भएर दक्षिणतिर सरेको मनसुनी रेखा बिस्तारै नेपालतिर सर्दै आएकोले आईतबार हलुका वर्षा, सोमबार र मंगलबार भारी वर्षा हुने भएको हो ।
आईतबारको तुलनामा सोमबार भारी वर्षा हुनेछ भने मंगलबार अतिवृष्टि हुनेछ ।
केहि दिनअघि अविरल रुपमा परेको वर्षाको कारण कमजोर भएको भूसतहमा भारी वर्षाका कारण भूक्षय पहिरो जानसक्ने भएकोले राजमार्ग वरपर तथा भिरालो पाखा अनि किनारा छेउछाउमा बसोबास गर्नेहरुले बढी नै सतर्कता अपनाउन विद्हरुले सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया