पहिरोले अवरुद्ध बनेको हेटौँडा-काठमाडौँ सडक सञ्चालनमा

appharu
0
Shares

काठमाडौं । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा-कुलेखानी-फाखेल-काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो ।

‘‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौँ, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन्’’, उहाँले भन्नुभयो ।

पहिरोका कारण यो मार्ग अवरुद्ध हुँदा लामो मार्गका रुपमा रहेको त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?